चुम्लिङटारमा बस र ट्याङ्कर ठोक्किदाँ १८ जना घाईते, ४ को अवस्था गम्भिर

चुम्लिङटारमा बस र ट्याङ्कर ठोक्किदाँ १८ जना घाईते, ४ को अवस्था गम्भिर

इच्छाकामना,२६ जेठ । चितवनमा सवारी दुर्घटना हुदाँ १८ जना घाईते भएका छन् । काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको ना १ क ६४११ नम्बरको सिमेन्ट बोक्ने ट्याङ्ककर र गोरखाबाट काठमाडौँ जादैँ गरेको ना ४ ख १४०४७ नम्बरको बस पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा विहान ११ः३० बजे एक आपसमा ठोक्किदाँ बसमा सवार १८ जना घाईते भएका हुन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाईते मध्ये ६ जनालाई स्थानिय पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ । अन्यको भने स्थानिय पोलिक्लिनिक कुरिनघाटमा उपचार भइरहेको छ । अहिले दुबै बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।