देवी भञ्ज्याङ विद्यालयका विद्यार्थीलाई कपडा र खाजा सहयोग

देवी भञ्ज्याङ विद्यालयका विद्यार्थीलाई कपडा र खाजा सहयोग

कुरिनटार,१असार। देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालीखोलाका बिद्यार्थीहरुलाई कपडा चप्पल र खाजा सहयोग प्राप्त भएको छ । भक्तपुरका भजेश खड्का रमेश खड्का,केशव खड्का ,श्याम थापा,कृष्ण राम,कैलाश बुढाथोकी ,सन्तोष कार्की ,बिष्णु न्यौपाने ,प्रकाश थापा लगायत १४ जनाको सहयोगमा चितवनको इच्छाकामना ६ देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा चेपाङ समुदायका १०७ जना बालबालिकाहरुलाई कपडा, चप्पल र खाजा बितरण गरिएको शिक्षक ज्ञानु पाण्डेले जानकारी दिनुभयो । आगामी दिनमा पनि सहयोगलार्य निरन्तरता दिने दिने उनिहरुले प्रतिवद्धता जनाएका छना् । यस विद्यालयमा चेपाङ समूदायका बालबालिकाहरु अध्ययनरत छन् ।