इच्छाकामनामा गाउँपालिका मावि स्तरीय भलिबल प्रतियोगिता सुरु (फोटो फिचर )

इच्छाकामनामा गाउँपालिका मावि स्तरीय भलिबल प्रतियोगिता सुरु (फोटो फिचर )

कुरिनटार,५ असार । चितवनको इच्छाकामनामा आज देखि गाउँपालिका मध्यमिक विद्यलाय स्तरीय रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा त्रिवेणी बराहा मावि मुग्लिनको खेमैदानमा प्रतियोगितामा सुरु भएको हो ।
गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले स्वास्थ्यका लागि खेल महत्पूर्ण रहेको बताउनुभयो । खेलले अनुशासित बनाउने बताउनुभयो । अध्यक्ष गुरुङले राज्यको निति अनुसार गाउँपालिकाको शिक्षा समितिको बैठक बसी प्रतियोगिता संचालन गरिएको बताउनुभयो । यहाँबाट विजेता बन्ने टिमले जिल्ला स्तरीयमा सहभगीता जनाउन पाउनेछन् । खेलकुदको विकासका लागि गाउँपालिकाले विशेष जोड दिइने बताउनुभयो ।

कार्यक्रमका सभापती वडा न ५ का वडाअध्यक्ष मोदराज सिलवालले सफल व्यक्तित्वका लागि स्वस्थ रहन आवस्यक रहेको भन्दै शारिरक तथा मानसिकरुपमा स्वास्थ्य रहनका लागि खेलकुद आवस्यक रहेको बताउनुभयो ।
उद्घटन कार्यक्रममा शिक्षा समितिका सदस्यहरु, राजनितिक दलका प्रतिनिधि, खेदकुद प्रेमीहरुको सहभागिता रहेका थिए ।
खेल आजै सम्पन्न हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ८ वटा मावि स्तरीय विद्यालयको सहभागीता रहेको छ

size-full wp-image-7024″ />