चितवनमा दुई बस ठोक्किँदा २० घाइते
मुग्लिन, ७ असार । चितवनमा सवारी दुर्घटना हुदाँ २० जना घाइते भएका छन् । काठमाण्डौबाट बर्दियाको गुलरिया तर्फ जाँदै गरेको ना. ७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाण्डौ तर्फ जाँदेै गरेको ना. ५ ख ३०९९ नम्बरको अर्को बस भरतपुर महानगरपालिका वडा नम्बर २९ भतेरीमा गएराती एकआपसमा ठक्कर खादाँ २० जना यात्रु घाइते भएका हुन् ।
घाईते मध्ये ४ जनाको भरतपुर अस्पताल र १६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
