सडकमा लेदो जमेपछि पृथ्वी राजमार्ग अवरुद्ध (फोटो फिचर सहित)

सडकमा लेदो  जमेपछि पृथ्वी राजमार्ग अवरुद्ध (फोटो फिचर सहित)

धादिङ,१२ असार । सडकमा लेदो जमेपछि बिहानैदेखि पृथ्वी राजमार्गको धादिङ सडक अवरुद्ध भएको छ ।रागमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानमा बुधबार रातिदेखि नै लेदो माटो खसेपछि सडक अवरुद्द भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै धेरै गाडी बाटोमै रोकिएका हुन् । अहिले लेदो माटो सडकबाट हटाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । सडकभन्दा माथिबाट बालुवा निकालिएकाले वर्षा भएपछि सडकमा लेदो जमेको हो ।