आज एसईईको नतिजा सार्वजनिक हुदैँ , यसरी हेर्नुहोस् नतिजा

आज एसईईको नतिजा सार्वजनिक हुदैँ , यसरी हेर्नुहोस् नतिजा

चितवन, १२ असार । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैठकले निर्णय गरेपछि नतिजा सर्वाजनिक गरिने उहाँको भनाइ छ ।

गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।