मोटरसाइकल दुर्घटना हुदाँ दुईजनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुदाँ दुईजनाको मृत्यु

चितवन,१२ असार । चितवनमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १८ का २८ वर्षीय रामचन्द्र गौडाल र १७ वर्षीय राजन भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बुधबार साँझ भरतपुर १८ भेटघाट चोकस्थित बाबुराम चोकबाट भेटघाट चोकतर्फ गइरहेको ना ५३ प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ग ९ प ११८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै चालक गम्भीर घाइते भएका थिए। उपचारका क्रममा बुधबार बेलुकी दुवैकोमृत्यु चितवन मेडिकल कलेजमा भएको प्रहरीले जनाएको छ।