महिला माथी शृङ्खलाबद्ध सुइ आक्रमण गर्ने पक्राउ ।
१३ असार, काठमाडौं । केही दिन अगाडि काठमाडौ र काभ्रेमा महिलामाथि श्रृखलावद्ध शंकास्पद सिरिञ्ज आक्रमण भएपछि आतंक मच्चियो । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभी विरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ ।
काठमाडौ मा भएको शृङ्खलाबद्ध आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले सन्तोष कार्कीलाई पक्राउ गरेका छ । उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।
तर आफूले सिरिन्ज हानेको नभई ढलानको काँटीले घोचेको बयान दिएका छन् ।उनी डरलाग्दो रोग को संक्रमित हुन या होइनन प्रहरिले अहिले केही खुलायको छैन। आरोपिलाइ हाल महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।
