कृष्णभिरमा ३ वटा सवारी एकआपसमा ठक्कर खाए २ जनाको मृत्यु ३० घाइते

कृष्णभिरमा ३ वटा सवारी एकआपसमा ठक्कर खाए २ जनाको मृत्यु ३० घाइते

बेनिघाट रोराङ,१५ असार
धादिङको बेनीघाटरोराङ गाउपालिका कृष्ण भिरमा तीनवटा सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीस जना घाइते भएका छन्।आज विहान दश बजेर ४५ मिनेटमा तीन वटा सवारी साधान एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ। काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका थिए । दुर्घटना पछि केही समय यातायात अबरुद्ध भएको थियो।बिहान पख पानी ओअरेपछी आज धेरै सवारी दुर्घटनामा परेका थिए।

तस्बिर कुमार श्रेष्ठ