धादिङमा दुर्घटना एकको ज्यान गयो ३ घाइते

धादिङमा दुर्घटना एकको ज्यान  गयो ३ घाइते

धादिङ,
धादिङको ज्वालामुखी गाउँ पालिका वडा नं. ६ काउँले डाडामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा ज्वालामुखी गाउँ पालिका वडा नं. ६ का ३६ बर्षिय कृष्ण बहादुर रम्तेल रहेका छन् । धादिङबेसीबाट सामान लिएर काउँलेडाँडातर्फ जाँदै गरेको बा २ ख ९७५० नम्बरको ट्रक उकालो चढ्ने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा वडा नम्वर ६ कै वर्ष २२ की विनु सुनार, उनकी छोरी वर्ष २ की कपिज सुनार र चालक वर्ष २५ का दिवाकर ढकाल रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
तस्बिर: सामाजिक संजाल