मुग्लिङमा चोरको बिगबिगि cctv मा कैद भयो चोर हरु को अनुहार (भिडियो सहित)

मुग्लिङमा चोरको बिगबिगि cctv मा कैद भयो चोर हरु को अनुहार (भिडियो सहित)

मुग्लिङ २१ असार,
चितवन इच्छाकामनाको सबै भन्दा ब्यस्त बजार मुग्लिङमा चोरको बिगबिगी बढेको छ।

काठमाडौ पोखरा र तराइका जिल्लाहरु को मुख्य चोक मुग्लिङ बजार प्राय सधै जागाराम हुने गर्छ। तर शुक्रबार राती भने जागराम मुग्लिङबजार को पसल हरुमा चोर हरुले खान्तलासी गर्दै हिडे तर पत्तो कसैले पाएनन । ठूलो धन रासी को चोरी नभएको भएता पनि केही घर र पसल हरुमा चोर पसेको पुष्टि भएको छ।

चोरी गर्नको लागि मुग्लिङ स्थित मनकामना फ्रेस हाउसमा माथिल्लो तला बाट ढोका फुटायर भित्र छिरेको चोर हरु को तस्बिर पसलमा लगाइएको सिसि टिभी मा देखिएको छ। भित्र छिरेका दुई चोर हरु मध्य पहिले एउटा भित्र पस्छ र चोरी गर्न मिल्ने समान हरुको खोजी गर्छ।व्यावसायिक चोर जस्तै गरि cccamera बाट बच्ने पोसाकमा भित्र छिरेका चोर का पछि पछि अर्का एक जना पनि भित्र छिर्छ तर उस्को भने अनुहार क्यामरामा प्रस्ट देखिएको छ।

मुग्लिङ बजारमा एकै रात अन्य घर र पसल हरुमा समेत चोर पसेको र आफ्नो पसल बाट पनि अन्य पसल र घरमा जस्तै ठूलो धनमाल को चोरी नभएको मनकामना फ्रेस हाउसका संचालक योगेन्द्र थापाले इच्छाखबर लाई जानकारी दिनु भएको छ। भिडियो सहित मुग्लिङ प्रहरीलाई जानकारी गराएको उहाले बताउनु भयो।योभन्दा पहिले पनि यस्तै किसिमको घटना भैरहेको भएता पनि आरोपित पक्राउ नपर्दा घटना घटाउनेको हौसला बढेको देखिन्छ।
भिडियो