नेपाल मगर संघ इच्छाकामनाको अध्यक्षमा जित बहादुर मगर

नेपाल मगर संघ इच्छाकामनाको अध्यक्षमा जित बहादुर मगर

कुरिनटार, २३ असार । नेपाल मगर संघ इच्छाकामनाको प्रथ अधिवेशन सम्पन्न भएको छ । मगर संघकको हल केबलरकारमा सम्पन्न अधिवेशनले जित बहादुर मगरको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । समिति २५ सदस्यिय हुनेछ । अन्य बाँकी सदस्यहरु नयाँ कार्य समितिले मनोनित गर्ने बताइएको छ ।

अधिवेशनले उपाध्यक्षमा गायत्री थापा मगर, कोषाध्यक्षमा कृष्णमाया थापा मगर सचिवमा राकेश थापा मागर, सह–सचिवमा टेक बहादुर मगर चयन भएका छन् । जिल्ला अध्यक्ष खेम बहादुर थापाको प्रमुख आतिथ्य तथा प्रदेश ३ का सदस्य कुमार थापा मगरको विशिष्ट आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।