कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

काठमाडौं  :  विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही घटनालाई लिएर गृहमन्त्री रामबहादुर थापा बादलले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसद अवरुद्ध गरेका छन् ।

विपक्षी सांसदहरुले कुमार पौडेल र सरोजनारायण यादवको मृत्युलाई लिएर सरकारको जवाफ माग गरेका थिए ।

गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको र यादव झडपका क्रममा मारिएको जवाफ दिएपछि विपक्षी सांसदहरुले विरोध गरेका छन् । उनिहरुले गृहमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै संसद अवरुद्ध गरेका हुन् ।