सरकार (कविता)
– तेज विलास
आँखा धमिलो धमिलो
निकै धमिलो देख्छु,
त्यसैले हो कि !
गतिविधि धमिलै छ सरकार ।
पत्याइरहेको छैन इन्द्रियहरुले ।
फरक भयो बाताबरण
त्यसैले हो कि !
उही अपरिवर्तनीय
सोच्दैछौ कि विधानलाई ?
र चल्दैछ रजाइँ स्यालहरुको ।
सरकार ! अभिभावकलाई
सल्लाह दिनेहरुनै
ग्रस्त छन् कुण्ठाले,
भ्रष्ट छन् आचारले
युक्त छन् पूर्वाग्रहले
घोषणा पत्र संग मात्र
मतपत्र संग मात्र
परिचित भए निर्वाचित
दःख यति हुन्थेन सरकार।
अव त कविता लेख्नेलाई
किन रिस सरकार ?
कमजोरी कमजोरी नै देख्नेलाई
किन दुश्मन देख्न थालेको सरकार ?
देशलाई सल्लाह दिने
प्रतिपक्षी कलम ।
नभाँच ,र नखोस पनि
फेर आफ्नो सोच ,
फेर कार्यशैली
सरकार ! निर्वा्चित सरकार ।
के तिमी हामी सबैको सरकार होइनौ ?
