सहकारी सदस्यलाई ३९५० बोट फलफूलको बिरुवा बितरण

सहकारी सदस्यलाई ३९५० बोट फलफूलको बिरुवा बितरण

नर्सिङ्टार २५ असार,
इच्छाकामना गाउँपालिका ३ स्थिति लेकाली बचत तथा ऋण सहकारी संस्थाले आफ्न सदस्यहरुलाइ फलफूलको बिरुवा बितरण गरेको छ।

बन उद्धयम बिकास कार्यक्रम अन्तर्गत २००० बोट केरा १५० बोट अनार २०० बोट लिची ९०० बोट कागती ५०० बोट सुन्ताला र २०० बोट आँप बितरण गरिएको संस्थाका अध्यक्ष ईश्वर विलास अधिकारीले इच्छाखबर लाई जानकारि दिनु भयो। इच्छाकामना गाउँपालिका मार्फत केही बिरुवा अनुदान र बाकी सहकारिलेनै लागत बहन गर्नेगरी बिरुवा खरिद गरियको हो।
बितरित बिरुवाले लाभान्वित हरुको केहिमात्रामा भएपनी आयस्रोतमा टेकाउ पुग्ने साथै बजारिए बिषाधी युक्त फलफुल बाट उन्मुक्ति मिल्ने बिस्वास सहकारीको रहेकोले बिरुवाको रेखदेख देखि उत्पादन सम्म सहकारीले अनुगमन गर्ने छ।