नाग्दीखोला बाट ट्रक त्रिशुली नदिमा खस्यो सहचालक बेपत्ता चालक घाइते

नाग्दीखोला बाट ट्रक त्रिशुली नदिमा खस्यो सहचालक बेपत्ता चालक घाइते

चितवनको इच्छाकामना गाँउपालिका ५ नाग्दी खोलाबाट ट्रक त्रिशुलीमा खसेको छ । मुग्लिनबाट एक किलोमिटर काठमाडौं तर्फको दुरीमा भएको दुर्घटनामा ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । भैरहबाबाट दाना बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक राती साढे एक बजेको समयमा त्रिशुलीमा खसेको हो ।

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ बर्षिय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ बर्षिय माधव थापामगर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक पुरै पानिमा डुवेको र त्रिशुली नदिमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।