इच्छाकामना आसपासमा भीषण बर्षा जारि

इच्छाकामना आसपासमा भीषण बर्षा जारि

कुरिनटार २९ असार,
मध्य नेपालको जिल्ला हरुमा अहिले भीषण बर्षा भै रहेको छ। गत बिहिवार बाट सुरु भएर शुक्रबार देश भर बितण्डा मच्याएको बर्षा हिजो सनिबार रोकिएको थियो।

भारी बर्षा सङै अहिले इच्छाकामना आसपास सडक र खोल्सो हरुमा भल बगेको छ भने जवाङ खोलामा लेदो झर्न सुरु भएको छ। अहिले सम्म कहि कतै दुर्घटनाको खबर न आएको भएता पनि मौसम पुर्बानुमान महासाखाले आज दिन भर बर्षा हुने अनुमान लगाएको ले सतर्क रहनु पर्ने देखिन्छ।
यो बर्षको पहिरो र बाढीमा परि अहिले सम्म देश भर गरि ४० भन्दा धेरै ले ज्यान गुमाइ सकेका छन।