भारतले फेरि बन्द गर्दियो कोशी ब्यारेजको २६ वटा ढोका।

भारतले फेरि बन्द गर्दियो कोशी ब्यारेजको २६ वटा ढोका।

सप्तकोशी नदीमा पानीको बहाव केही कम भएपछि भारतले सप्तकोशी ब्यारेजका ५६ ढोकामध्ये २६ वटा ढोका पुनः बन्द गरेको छ । पानीको बहाव उच्च भएपछि गएरातिदेखि सबै ५६ वटै ढोका खोलिएकोमा आज बिहानदेखि पुनः २६ वटा ढोका बन्द गरिएको हो । आज बिहान सप्तकोसीमा पानीको बहाव केही घटेपछि भारतले २६ वटा ढोका बन्द गरी ३० वटा मात्र खुला गरेको कोसी ब्यारेज प्रहरी चौकीका प्रमुख ईश्वरी दाहालले जानकारी दिए । विहान ९ बजे सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६४ हजार १ सय ७० क्यूसेकमा झरेको छ । गएराति पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ७१ हजार १ सय १९ क्युसेक पुगेको थियो । भारतले केही समयका लागि ५६ वटै ढोका खोलेको जस्तो देखाए पनि विहार डुवान हुने डरले नेपालतर्फको मानव बस्ती र खेतीयोग्य जमिन डुवान हुने गरी कोशी ब्यारेजका ढोका बन्द गरेको स्थानीयले आरोप लगाएका छन् । सप्तकोसीमा आएको बाढीका कारण सुनसरीको श्रीलंका टापु र सप्तरीको गोवरगाडा पुरै जलमग्न भएको छ । स्थानीय बासिन्दाले सप्तकोशी ब्यारेजका सबै ढोका खोल्न सरकारसँग माग गरेका छन् ।