इच्छाकामनाको वडा न ४ पूर्ण संस्थागत सुत्केरी वडा (फोटो फिचर सहित)

इच्छाकामनाको वडा न ४ पूर्ण संस्थागत सुत्केरी वडा (फोटो फिचर सहित)

कुरिनटार, २९ असार । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको वडा न ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । आज एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीको प्रमुख आतिथ्यमा पूर्ण संस्थागत वडा घोषणा गरिएको हो ।
घोषणा कार्यक्रमममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सफल भएकोमा गाउँपालिका र वडालाई बधाई दिनुभयो । प्रमुख डल्लाकोटीले यसलाई निरन्तरता दिन आवस्यक रहेको बताउनुभयो । साथै अन्य वडालाई पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न तर्फ लाग्न आग्रह गर्नुभयो । गाउँपालिकाको समृद्धिका लागि जिल्ला समन्वयले सहयोग गरिरहेको र आगामी दिनहरुमा जारी रहने बताउनुभयो ।

गाउँपालकीका अध्यक्ष गीता कमुारी गुरुङले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नका लागि रातदिन खटीने वडा न ४ का जनप्रतिनिधि र दारेचोक स्वास्थ्य चौकीका टिमलाई धन्यवाद तथा बधाई दिनुभयो । गाउँपालिकाले चाडै अन्य वडा पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नका लागि आवस्यक प्रकृयाहरु पुरा गर्न तर्फ ध्यान दिने बताउनुभयो ।
उहाँले गाउँपालिकाको स्वास्थ्य क्षेत्रका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो । उहाँले चार पटक सम्म स्वास्थ्य संस्थामा गर्भ जााच गरि सुत्केरी गराउनेलाई हर्लिक्स र सुप प्रदान गरिदैँ आएको बताउनुभयो । आर्थिक बर्ष २०७६÷७७ देखि गर्भवती महिलाई पोषणका लागि एक क्रिकेट अण्डा उपलब्ध गराउने बताउनुभयो । साथै गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माएमा रु १० हजारको बालिका बचत खाता खोलीदिने कार्यक्रम पनि संचालन गरिएको उहाँले बताउनुभयो ।


वडाअध्यक्ष होम बहादुर राना मगरले वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न अहोरात्र खटीनुहुने दारेचोक स्वास्थ्य चौकीका इन्चार्ज हरिदेवकोटा सहितको सम्पुर्ण टिमलाई धन्यवाद दिनुभयो । यसलाई ९५.५ प्रतिशत मात्र नभई शत प्रतिशत नै पु¥याउने अभियानमा रहेको उहाँले बताउनुभयो ।

सरकारले तोकिएको मापदण्ड पूरा गरेपछि पूर्ण संस्थागत सुत्केरी वडा भएको हो । स्वास्थ्य संयोजक धनकुमार खड्काका अनुसार पूर्ण संस्थागत वडा घोषणा गर्न स्वास्थ्य स.स्थामा ९५ प्रतिशतले सुत्केरी गराएको हुनुपर्ने छ ।


आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि जेठ महीनासम्म यस वडामा १३१ मध्ये ६ जनाले मात्र घरमै सुत्केरी गराएको खड्काले जानकारी दिनुभयो । । यो संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा ९५.५ प्रतिशत हो । कार्यक्रममा स्वास्थ्य संयोजक धनकुमार खड्काले गाउँपालिकाको स्वास्थ्य संस्थाको प्रगतीप्रतिवेदन समेत प्रश्तुत गर्नुभएको थियो

कार्यक्रममा राजनितिक दलका प्रतिनिधि विभिन्न संघसस्थाका प्रतिनिधि संचारकर्मी लगायत स्थानीयको सहभागीता रहेका थिए ।