बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ६७ पुग्यो, ३० जना
काठमाडौँ : बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २६ महिला र ४१ पुरुषको ज्यान गएको छ ।
प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिरोबाट ४३ जना घाइते भएका छन्। घाइते २० महिला र २३ पुरुषको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
यी घटनामा ३० जना अझै बेपत्ता छन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषको खोजी जारी रहेको जनाइएको छ। अहिलेसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
