इच्छाकामना गाउँपालिकाद्वारा व्यवसायिक किसानहरुलाई अनुदान वितरण

इच्छाकामना गाउँपालिकाद्वारा व्यवसायिक किसानहरुलाई अनुदान वितरण

कुरिनटार, ३ साउन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले किसानहरुलाई अनुदान वितरण गरिएको छ ।  आर्थिक बर्ष २०७५/७६ को निति तथा कार्यक्रम अन्तरगत गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबीच विभिन्न व्यवसायिक किसानहरुलाई अनुदान हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाले ३ ओटा दुहुना भैसी पाल्ने ८ जनालाई जनही रु एक लाख, व्यवसायी तरकारी खेती गर्ने ८ जनालाई जनही रु एक लाख, बाख्राखोर सुधारका लागि २० जनालाई जनही रु २५ हजार, व्याड बोक का लागि २० जनालाई जनही रु ४० हजार र बंगुरपालक दुई जना किसनालाई जनही रु २५ हजार को चेक हस्तानतरण गरिएको हो ।
अध्यक्ष गीता कुमारी गुरुङले किसानहरुलाई व्यवसायिक कृषि पेशा तर्फ आकर्षित गर्नका लागि अनुदानका कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले आर्थिक समृद्धिका लागि सबै किसानहरुलाई व्यवासयी बन्न आग्रह गर्नुभयो । गाउँपालिकाले व्यवसायी कृषिकका लागी अझै विभिन्न अनुदानका कार्यक्रमहरु संचालनको तयारी गरिरहेको बताउनुभयो ।
उपाध्यक्ष कृतिकुमार श्रेष्ठले अनुदानलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो । इच्छाकामना किसानहरु अनुदान कार्यक्रमपछि उत्साहित भएर व्यवसायी कृषि पेसा तर्फ लागेकोमा खुशी व्यक्त गर्नुभयो ।


वडा नम्बर ३ का अध्यक्ष गोवद्र्धन अधिकारीले अनुदानको रकमलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो । समग्र चितवन दुधमा आत्मनिर्भर भएको अवस्थामा इच्छाकामना गाउँपालका पनि आत्मनिर्भर बन्न तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । व्यवसायी गाई र भैसीपालनका लागि गाउँपालिकाले विशेष जोड दिईरहेको बताउनुभयो ।  कृषि शाखा इच्छाकामनाले गत बर्ष लिएको तथ्याङ्क अनुसार इच्छाकामना गाउँपालिकामा दैनिक ११ सय लिटर दुध खपत हुन्छन् ।

 

कार्यक्रममा डाक्टर सरोज खतिवडाले आर्थिक समृद्धिका लागि व्यवसायी कृषि पेशा नै उपयुक्त भएको बताउनुभयो । सरकारले किसानहरुका लागि धेरै उपयुक्र अनुदानका कार्यक्रमहरु संचालन गरिरहेकाले व्यवसायी कृषि पेसा तर्फ लाग्न सुझाव दिनुभयो ।
सो गाउँपालिकाले मापदण्ड बनाई तोकिएको उक्त मापदण्डभित्र रहेर किसान वा फर्मलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । युवा किसानलाई प्रोत्साहित गर्न पशुपालन, मौरीपालन, सुन्तला खेती र युवा किसानका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसानहरु खुशी भएका छन् ।
अनुदानका कार्यक्रम संचालन गरेपछि गाउँपालिकाभित्र व्यवसायीक कृषि पेशा तर्फ किसानहरु आकर्षित भएका छन् ।