बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ९० पुग्यो, २९ जना अझै बेपत्ता
काठमाडौं : मनसुन सुरु भएसँगै मुलुकभर आएको वर्षाका कारण बाढी र पहिरोमा परी पछिल्लो १० दिनमा १ अर्ब २ करोड ७२ लाख ४५ हजार ५ सय रुपैयाँ क्षति भएको गृह मन्त्रालयले जनाएको छ । ३४ जिल्लामा बाढी र पहिरोका कारण १० दिनमा ९० जनाको मृत्यु भएको छ ।
‘१० दिनको अवधिमा ९० जनाको मृत्यु भएको पाइएको छ भने २९ जना बेपत्ता र ४१ जना घाइते भएका छन्,’ उनले भने, ‘बाढीपहिरोको कारण ३४ जिल्लाका १३ हजार १०१ घरधुरी विस्थापित भएका छन् ।’
बाढीपहिरोका कारण ताप्लेजुङमा एक घर विस्थापित भएको छ भने झापामा तीन जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
