विप्लवलाई झड्का : प्रभावशाली नेता उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

विप्लवलाई झड्का : प्रभावशाली नेता उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

काठमाडौं :  सकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख ९एसएसपी०सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गर्दै उनलाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ जानकारी दिनुभयो ।

थापाका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ ।

लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् ।विभिन्न समयमा राजधानीको तीन स्थानमा बम विस्फोट हुँदा ६ जनाको ज्यान गएको थियो ।

विप्लव समूहलाई प्रतिबन्ध लगाउनुअघि गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल टावरलाई लक्षित गरेर भएको बम विस्फोटमा एक सर्वसाधारणको मृत्यु भएको थियो भने अरु २ जना घाइते भएका थिए ।

यस्तै गत जेठ १२ गते राजधानीको अनामनगर घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो । सो विस्फोटमा विप्लवकै कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको थियो ।