चितवनमा दाजुभाईले जलाए आँफ्नै मोटरसाईकल

चितवनमा दाजुभाईले जलाए आँफ्नै मोटरसाईकल

कुरिनटार  : चितवनको भरतपुर स्थित सुन्दर बस्तीमा गएराति दाजुभाई मिलेर आँफ्नै मोटरसाईकल जलाएका छन् । भरतपुर महानगरपालिका वडा १४ सुन्दरबस्तीमा गएराति मादकपदार्थ सेवन गरेको अवस्थामा दाजुभाईबिच विवाद हुदाँ मोटरसाइकलमा आगजनी गरेका हुन् ।

सुन्दर बस्ती निवासी बर्ष ३० को राजु घर्ति र बर्ष २० को कृष्ण घर्तिबिच विवाद हुदाँ दुवैजना मिलेर घरमा रहेको ना २२ प ११३९ मोटरसाइकल जलाएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजनालाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।