गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम मंगलबारबाट पुनः शुरु हुने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम मंगलबारबाट  पुनः शुरु हुने

चितवन : धुर्मुश सुन्तली चितवन आएका छन् । निर्माधिन गौतम बुद्ध अन्र्तराष्ट्रि क्रिकेट रंगशालामा केही स्थानीयले डोजर लगाएपछि उनिहरुले काम स्थगित गरेका थिए । सोमबार विहान भरतपुरमा बसेको धुर्मुस सुन्तली फाउण्डेशन र रंगशाला निर्माण सहयोग समिति सचिवालयको संयुक्त बैठकले भोलीदेखि रंगशाला निर्माणको काम सुरु गर्ने निर्णय गरेको हो ।

वैठकमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस,नेकपा चितवनका अध्यक्ष यम बहादुर परियार,नेपाली काँग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
दुई महिना अघिदेखि रंगशाला निर्माणको काम रोकिएको थियो