धादिङ जादैँ गरेको बस र ट्रक लेवाटारमा ठोक्कियो : १५ जना घाईते, एकको अवस्था गम्भिर (भिडियो सहित)

धादिङ जादैँ गरेको बस र ट्रक लेवाटारमा ठोक्कियो :  १५ जना घाईते, एकको अवस्था गम्भिर (भिडियो सहित)

कुरिनटार, १० साउन । इच्छाकामनमा सवारी दुर्घटना हुदाँ १५ जना घाईते भएका छन् । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ लेवाटारमा सवारी दुर्घटना हुदाँ १५ जना घाईते भएका हुन् । विरगंजबाट धादिङ जादैँ गरेको ना ८ ख ६० ५८ नम्बरको यात्रु बाहक बस र काठमाडौँबाट नारायणगढ तर्फ जादैँ गरेको ना ६ ख २८९५ नम्बरको मालबाहक ट्रक आज विहान ८ :  ४० बजे बजे चितवनको इच्छाकामना ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि भरतपुर लगिएको छ । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । केही बेर अवरुद्ध राजमार्ग अहिले एकतर्फी संचालनमा आएको छ । थप विवरण आउन बाँकी छ ।