इलाका प्रहरी कार्यालय मुग्लिनको प्रमुखमा कञ्चन लामा आउदैँ, नविन बुढाथोकी जादैँ

इलाका प्रहरी कार्यालय मुग्लिनको प्रमुखमा कञ्चन लामा आउदैँ, नविन बुढाथोकी जादैँ

कुरिनटार :  चितवनको इलाका प्रहरी कार्यालय मुग्लिनमा प्रहरी प्रमुख फेरिएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले देशैभरका ४३७ जना प्रहरी निरिक्षकहरुको सरुवा गर्दा मुग्लिनका प्रहरी प्रमुख पनि सरुवामा परेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनमा हाल कार्यरत प्रहरी निरीक्षक नविनराजा बुढाथोकिको प्रहरी प्रधान कार्यालयको विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा सरुवा भएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय मुग्लिनमा अब प्रहरी निरीक्षक कञ्चन लामा आउने भएको छ । निरिक्षक लामा प्रहरी प्रधान कार्यालय आर्थिक अनुसन्धान शाखाबाट सरुवा भै आउन लागेको हो ।