चुम्लिङटारमा ट्रकको पछाडी बस ठोक्किदाँ एक जनाको मृत्यु पाँच जना घाईते

चुम्लिङटारमा ट्रकको पछाडी बस ठोक्किदाँ  एक जनाको मृत्यु  पाँच जना घाईते

कुरिनटार  : चितवनमा सवारी दुर्घटना हुदाँ एक जनाको मत्यु भएको छ । इलाका प्रहरी कार्यालय मुलिनका अनुसार गौरबाट काठमाण्डौ तर्फ भैंसी बाकेर जादैँ गरेको ना ७ ख २५६१ नम्बरको ट्रकको पछाडी कांकडभिट्टाबाट काठमाण्डौ तर्फ जांदै गरेको ना५ख ४८१९ नम्बरको बस आज विहान ४ः १५ बजे पृथ्वीराजमार्ग अन्तरगत चितवन ईच्छाकामना गाउँपालिका ३ स्थित चुम्लिङटारमा ठोक्किन पुग्दा बसमा सवार एक यात्रुको मृत्यु भएको हो । अन्दाजी २४÷२५ बर्षका मृतकको परिचय नखुलेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक नविन बुढाथोकीले जानकारी दिनुभयो । उपचारका लागि भरतपुर लैजादैँ गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरी निरिक्षक बुढाथोकीले बताउनुभयो ।
दुर्घटनामा अन्य पाँच जना घाईते भएका छन् । उनिहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । बस र ट्रकलाई चालक सहित इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।