सिर्जनशिल महिला जागरण केन्द्रको ३ महिने सिलाई तालिम समापन (भिडियो सहित)

सिर्जनशिल  महिला जागरण केन्द्रको  ३ महिने सिलाई तालिम समापन (भिडियो सहित)

मुग्लिन सिर्जनशिल महिला जागरण केन्द्रले ३ महिने सिलाइ कटिङ तालिम सम्पन्न गरेको छ। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यमा शनिबार समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले सिर्जनशिल महिला जागरण केन्द्रले उदाहरणीय काम गरेकोमा धन्यावाद तथा बधाई दिनुभयो । उहाँले महिलाहरु यसरी नै सिर्जनात्मक काममा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै कांग्रेस चितवन जिल्ला सभापती जीत नारायण श्रेष्ठले महिलाहरु रचनात्म काममा अब्बल हुने बताउनुभयो । सिर्जनशिल महिला जागरण केन्द्रले जस्तै उदाहरणीय काम गर्न सबैलाई आग्रह गर्नुभयो । सिर्जनशिल महिला जागरण केन्द्रले पढ्न नपाएका गरिबी बालबालिकालई शिक्षा दिने, आर्थिक अभावका कारण उपचार नपाएका गरिबीलाई सहयोग गर्ने महिलाहरुलाई व्यवसायिक बनाउन विभिन्न तालिम प्रदान गर्ने जस्ता काम गरिरहेको भन्दै यस्ता कार्य गर्ने संस्थालाई आफ्नो पार्टीले सहयोग गर्ने बताउदैँ सिर्जनशिल महिला जागरण केन्द्रबाट सबैले पाठ सिक्नु पर्ने बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृति कुमार श्रेष्ठले गाउँपालिकाले गाउँपालिका भित्र रहेको सक्रियरुपमा काम गर्ने जुनुसुकै सामाजिक संघसस्थाहरुलाई गाउँपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग निरन्तर रहने प्रतिवद्धता जनाउनुभयो । उहाँहरुले सिर्जनशिल महिला जागरण केन्द्रले गरिरहेको सामाजिक कार्यको प्रशसा गर्नुभयो ।
सिर्जनशिल महिला जगारण केन्द्रले २५ जना महिलाहरुलाई तीन महिने सिलाई कटाई तालिम प्रदान गरिएको हो । तालिमका लागि नेता भण्डारीले ४ ओटा मेसिन सहयोग गर्नुभएको थियो ।

समापन कार्यक्रममा वडा न ५ का वाड अध्यक्ष मोदराज सिलवाल वडा न ४ का होम बहादुर राना, गाउँपालिका प्रवक्ता साबित्री गुरुङ वडा सदस्य निर्मला श्रेष्ठ गापा स्वास्थ प्रमुख धन कुमार खड्का नेपाली कांग्रेसका संयोजक बिष्णु कुँबर लगायतको आतिथ्य रहेका थिए ।

विभिन्न व्यक्तिहरुलाई सम्मान
यसैबीच केन्द्रले पत्रकार सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । गाउँपालिका भित्र रहेर पत्रकारीता गरिरहेका ६ जना पत्रकारहरुलाई ढाका टोपी ओडाएर सम्मान पत्र सहित सम्मान गरिएको हो । केन्द्रले एसइइमा सफल १० जना विद्यार्थी र मिस नर्सिङ मोस्ट पपुलर पव्लिक च्वाईस विजेता संरगम गुरुङलाई सम्मान गरेका हुन् ।
मेसिन सहयोग

यसैबीत वडाअध्यक्ष अध्यक्ष मोदराज सिलवालले सिलाइ सिक्ने पुनम खड्का लाइ १ मेसिन सहयोग हस्तान्तरण गर्नुभयो । त्यसै गरि अपाङ्ग दलित महिला गौमाय कामी लाइ सिर्जनशील सस्थाले पनि १ मेसिन हस्तान्तरण गरे ।