इन्धनमा मनोमानी भएको छैन, प्रकाशीत समाचार झुट – बेनिघाटरोराङ गाउँपालिका
कुरिनटार १४ श्रावण,
धादिङको बेनिघाटरोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी `हरि´ले सवारी इन्धनमा मनोमानी गरेको भनी धादिङ बाट प्रकाशन हुने एक अन्लाईन न्युज पोर्टलले प्रकाशन गरेको समाचार गलत भएको बेनिघाट रोराङ गाउँपालिकाले जनाएको छ ।
आज गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी`हरि´द्वारा जारी एक बिज्ञप्तिमा गाउँपालिकाको सबै क्षेत्र र सवारीमा भएको एकमुस्ठ इन्धन खर्च लाई गाउँपालिका अध्यक्षले मात्र खर्च गरेको र इन्धनको नाममा अध्यक्षले मनोमानी गरि भ्रष्टाचार गरेको आसएको समाचार गलत भएको जनाएको छ । साथै उक्त वक्तव्यमा गाउँपालिकाको कुल सवारीसाधन को विवरण समेत उल्लेख गरिएको छ।
गाउँपालिकाको सुचना प्रबिधी अधिकृत विवस अधिकारिले उक्त अन्लाईन न्युज पोर्टलले आधिकारिक रुपमा सुचना माग पनि नगरेको र आक्षेप लाग्ने खबर प्रकाशित गर्नु पुर्व संबंधित निकाए बाट प्रमाणित गर्नु पर्ने मा त्यसो पनि नगरेकाले चरित्र हत्या नै गर्ने पुर्ब निर्धारित उद्देश्य अनुसार उक्त अन्लाईन लाई हतियार बनाइएको बताउनु भयो।
इच्छाखबर संगको कुराकानीमा बेनिघाटरोराङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्टराईले इन्धनको तथ्यांक सहि भएपनी उपयोग अध्यक्षले मात्र गरेको भनी चरित्र हत्या गर्न खोजिएको साथै निजि सवारी भाडामा अहिले नरहेको स्पस्ट पार्नु भएको छ। केही महिना अगाडि कामको चापको कारण कार्यलय प्रयोजनको लागि भाडामा लिएर काम चलाइएको र पुन गाउँपालिकाकै गाडिले काम गर्न भ्याउने अबस्था भएपछी फिर्ता गरिएको समेत भट्टराईले बताउनु भयो।
सामजिक र आर्थिक रुपमा सालिन ठहरिएका अध्यक्ष पित्त बहादुर डल्लाकोटी गत स्थानीय निकाएको चुनावमा तत्कालिन माओवादी बाट उम्मेद्बार रहि अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो।
