इच्छाकामना गाउँपालिकाको वडा कार्यालय तोडफोड

इच्छाकामना गाउँपालिकाको वडा कार्यालय तोडफोड

कुरिनटार :  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका वडा नम्बर २ वल्र्याङमा रहेको वडा कार्यालयमा गए राती तोडफोड भएको छ । उक्त वडा कार्यालयमा तोडफोड र कागजपत्र फालिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पञ्च चेपाङले बताए । कार्यालय आसपास विप्लव माओवादीको पर्चा छाडिएको छ ।
विहान ७ बजे गाउँपालिका अध्यक्ष गिता कुुुमारि गुरुङले तोडफोडको  जानकारी पाए पछि प्रहरीलाई जानकारी  गराइ इलाका प्रहरी कार्यलय मुग्ललिङबाट प्रहरी पठाइएको र क्षतिको विवरण नाआएको बताउनु भयो।

उच्च पहाडी भेगमा रहेको उक्त वडा कार्यालय पुग्न कच्ची सडक बर्षातका कारण ठाउँ–ठाउँमा भत्किएको हुदाँ कठिन हुने गरेको छ । प्रहरी टोली घटना स्थलमा पुगेपछि मात्र पुर्ण जानकारी आउने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।