वडा कार्यालय तोडफोडको गाउँपालिकाद्वारा भत्र्सना

वडा कार्यालय तोडफोडको गाउँपालिकाद्वारा भत्र्सना

कुरिनटार :  चितवनको एक मात्र गाउँपालिकाको उच्च पहाडी भेगमा रहेको वडा न २ को कार्यालय तोडफोडको गाउँपालिकाले भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ । गएराती अज्ञात समूहले वडा नम्बर २ को कार्यालय तोडफोड गर्नुका साथै कागजातहरु च्यातेर फालेका थिए ।
गाउँपालिकाका प्रशासकीय अधिकृत नरहरि सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा गएराताी अन्दाजी ११ बजेदेखि १२ बजे सम्मको समयामा अज्ञात समूहले वडा कार्यालयको इ हाजिरी डिजिटल मेसिन ,कम्प्यूटर, प्रिन्टर , फार्निचर तोड फोड गर्नुका हिनामिना गरिएको र कतिपय अभिलेख र सामाग्रीहरु फेला पार्न नसकिएको जनाएको छ ।
राष्ट्रिय आधारभूत विद्यालय वल्र्याङको भवनमा वडा कार्यालय संचालन गर्दै आएको छ । यस अघि स्थानीयको एक घरमा कोठा भाडामा लिएर वडा कार्यालय संचालन गर्दै आएको थियो । अहिले उक्त घरको आडैबाट शक्तिखोर फिस्लिङ सडकको विस्तार गरिने भएकोले सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय आधारभूत विद्यालय वल्र्याङको एउटा कोठामा कार्यालको काम संचालन गर्दै आएका थिए ।

हेरौँ पुरा विवरण विज्ञप्ती