चितवनको कालिकाको ३ नम्बर वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

चितवनको कालिकाको ३ नम्बर वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

चितवन :  कालिका नगरपालिका वडा नम्बर ३ मा अज्ञात समूहले आगलागी गरेका छन् । आज बिहान २ देखि ३ बजेको समयमा आगलागी भएको भएको हुनसक्ने जनाइएको छ ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आगलागी कसले गरेको भन्ने थाहा नभएपनि वडा कार्यालय बाहिर पेट्रोल राखिएको दुई वटा खाली बोत्तल भेटिएको बताए । अज्ञात समूहको आगलागीबाट वडा कार्यालय भित्रका सम्पूर्ण कागजातहरु पूर्ण रुपमा जलेको श्रेष्ठको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मध्यरातमा आगलागी भएकाले धेरै क्षति पुगेको प्रहरीको भनाइ छ । स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।