नारायणगढ -मुग्लिन सडकमा ट्रक र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु एक घाईते

नारायणगढ -मुग्लिन सडकमा ट्रक र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु एक घाईते

चितवन,१८ साउन   । ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ। । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका २९ सेतीदोभान भन्ने स्थानमा रौतहटबाट काठमाण्डौ तर्फ जांदैँ गरेको ना ८ख २२८४ नम्बरको ट्रक र बिपरित दिशाबाट आईरहेको लु४२ प ६५४२ नम्बरको मोटरसाईकल शनिबार बिहान १०ः२० बजे एकआपसमा ठक्कर खांदा गम्भिर घाईते मोटरसाईकल पछाडी सवार नवलपरासीको रामग्राम नगरपालिका ३ बस्ने २५ बर्षिय मिदेश नेपालको उपचारको क्रममा मृत्यु भएको हो ।
उनको भरतपुर अस्पतालमा उपचारको क्रममा शनिबार विहान १० ः ५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले जानकारी दिनुभयो ।
दुर्घटनामा परि सोही स्थान बस्ने मोटरसाईकल चालक २७ बर्षिय निदेश नेपाल घाईते भएका छन् । उनको अवस्था मध्यम रहेको र अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।