चुम्लिङटारमा माइक्रोको ठक्करबाट बालक गम्भीर घाईते

चुम्लिङटारमा माइक्रोको ठक्करबाट बालक गम्भीर घाईते

चितवन :  चितवनमा माईक्रोको ठक्करबाट एक बालक गम्भीर घाईते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट पोखरा जादैँ गरेको बा ३ ख ७९५६ नम्बरको माइक्रोले पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटारमा बिहिबार विहान १० ः २० बजे ठक्कर दिदाँ लमजुङको भुजुङ ७ बस्ने १० बर्षिय बालक आयुश गुरुङ गम्भीर घाईते भएका हुन् ।
उनको अहिले चितवन मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचार भईरहेको छ । माइक्रो र चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिइएको छ।