इच्छाकामनाको चुम्लिङटारमा माईक्रोको ठक्करबाट लमजुङका बालकको मृत्यु

इच्छाकामनाको चुम्लिङटारमा माईक्रोको ठक्करबाट  लमजुङका बालकको मृत्यु

पृथ्वी राजमार्गको चुम्लिङ्टारमा माईक्रोको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लमजुङको भुजुङ् गाउपालिका वडा नम्वर ७ का १० वर्षिय आयुष गुरुङ् रहेका छन् ।
काठमााडैंवाट पोखरा जान आउँदै गरेको बा ३ ख ७९५६ नम्वरको माईक्रोले आज विहान ईच्छाकामना गाउँपालिका वडा नम्वर ३ चुम्लिङ्टारमा बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते वालकको उपचारका क्रममा दिउँसो पुरानो मेडीकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । माईक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।