समुद्री आंधीका कारण चीनमा मृत्यु हुनेको संख्या २० पुग्यो

समुद्री आंधीका कारण  चीनमा मृत्यु हुनेको संख्या २० पुग्यो

एजेन्सी : चीनको वेन्लिङ क्षेत्रमा आएको समुद्री आंधीका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

सांघाई र ताइवानबीचको वेन्लिङमा आँधीपछि पहिरो आएको अधिकारीहरुले जनाएका छन् ।

लेखिमा नाम दिइएको आँधीका कारण १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

विद्युत आपूर्ति बन्द हुँदा ३० लाख मानिस प्रभावित भएको सिन्ह्वाले जनाएको छ । आँधीका कारण हजारौं उडान रद्ध भएका छन् भने रेल सेवा बन्द गरिएको छ ।

लेखिमा बिस्तारै उत्तरी झेजियाङ प्रान्ततर्फ अगाडि बढेको सांघाईमा समेत असर पुर्‍याउने अनुमान गरिएको छ ।

अत्याधिक जनघनत्व भएको सांघाइतर्फ लेखिम बढ्दै गएकाले थप क्षति हुन नदिनका लागि सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनका मौसमविद्हरुका अनुसार अहिले सो समुद्री आँदी १५ किलोमिटर प्रतिघण्टाका दरले उत्तरतिर जाँदैछ ।

यसअघि ताइवानको उत्तरी भागलाई छुँदै चीनतिर गएको लेखिमले केही मानिसलाई घाइते बनाएको र भौतिक संरचनामा समेत क्षति पुर्‍याएको थियो ।

केही दिनअघि सोही स्थानमा ६ म्याग्निच्युटको भूकम्प गएकाले भएको अस्थिर जमिन र आँधीका कारण हुने भारी वर्षाले पहिरोको जोखिम बढाएको विज्ञहरुको भनाइ छ ।