नेपाल चेपाङ संघ चितवनको मुग्लिनमा खुल्ला रक्तदान कार्यक्रम
मुग्लिन : इच्छाकामनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस चितवन शाखाको प्राविधिक सहयोगमा नेपाल चेपाङ संघ चितवनले इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मुग्लिन बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा १६ जनाले रक्तदान गरेको नेपाल चेपाङ संघ चिवनका सचिव भिम बहादुर चेपाङले जानकारी दिनुभयो ।
रक्तदान गर्नेहरुमा १२ जना चेपाङ रहेका छन् । ४ जना भने अन्य समुदायका रहेका थिए । रगत अभावमा मानिसहरुको ज्यान जानेको गरेको हुदाँ केही सहयोग पुग्ने र चेपाङ समुदायलाई पनि सामाजिक कार्यमा लाग्नका लागि प्रेरणा मिलोस् भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको सचिव भिम बहादुर चेपाङको भनाई छ । मेडिकल सिटीको रुपमा परिचित चितवनमा रगत अभाव भइरहने हुदाँ केही टेवा पुग्ने विश्वास सचिव चेपाङको छ ।
नेपालमै पहिलो पटक चेपाङ संघले नेपाल चेपाङ संघ इच्छाकामनाका कार्यकारिणी अध्यक्ष विकास चेपाङले बताउनुभयो ।
अन्तर्राष्ट्रिय यूवा दिवसको अवसर पारेर इच्छाकामना गाउँपालिका र नेपाल चेपाङ संघ इच्छाकामनाको समन्वयमा नेपाल चेपाङ संघ जिल्ला समिति चितवनले रक्तदान कार्यक्रम गरिएको हो ।
