बुनु र शीलुको ‘वर्ष दिनको तीज’ (भिडियो सहित)

बुनु र शीलुको ‘वर्ष दिनको तीज’ (भिडियो  सहित)

काठमाडौं : नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतहरु धमाधम आइरहेका छन् । यस्तैमा गायिका बुनु श्रेष्ठ र गायिका शीलु अधिकारीको स्वर रहेको ‘वर्ष दिनको तीज’ बोलको तीज गीत बजारमा आएको छ । गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत बजारमा ल्याइएको छ ।

रंगपत्रकार शान्ति प्रियको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत र नारायण दंगालले एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा सबना आचार्य र साथीहरुको अभिनय देख्न सकिन्छ ।

स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको गीतको भिडियोलाई सुबोल थापाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । सबिन भट्टराईको छायांकन रहेको यस भिडियोलाई रोशन दाहालले सम्पादन गरेका हुन् ।
भिडियो
https://www.youtube.com/watch?v=HI0JmdSYSM8