माईती नेपालद्वारा ठेला गाडा सहयोग
कुरिनटार : माईती नेपाल चितवनले जिल्लामा रहेका विभिन्न हिंसापीडित र आर्थिक कमजोर भएका महिलाहरुलाई आर्थिक अवस्था सुधारका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । माईती नेपाल चितवनले बेचबिखनका परेका चेलीको उद्धारका साथै उनिहरुको आर्थिक सुधारका लागि विभिन्न सीप मुलक तालिम र आवस्यक सामाग्रीहरु वितरण गर्दै आएका हुन् ।
आज पनि चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका वडा नम्बर तीनका सुमित्रा परियारलाई ठेला गाडा हस्तान्तरण गरेको छ । माईती नेपालका कार्यक्रम संयोजक इश्वर गीरी र वडा नम्बर तीनका अध्यक्ष गोवद्र्धन अधिकारीले आज एक कार्यक्रमकाबीच उनलाई व्यापार व्यवासायीमा गर्नका लागि ठेला गाडा हस्तान्तरण गरिएको हो ।
इच्छाकामनामा १० जना महिलाहरुलाई उनिहरुको इच्छा अनुसार सीपमुलक तालिम दिई सोही व्यवसायीका लागि आवस्यक सामाग्रीहरु वितरण गरिएको कार्यक्रम संयोजक इश्वर गिरिले जानकारी दिनुभयो । हिंसामा परेका तथा बेचविखनमा परेका महिलाहरुको उद्धार गरि विभिन्न क्षेत्रमा जागिर, सिलाई कटाई तालिम विउटी पार्लर तालिम दिई आवस्यक सामाग्री सहयोग गरिएको उहाँको भनाईछ ।
कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष गोवद्र्धन अधिकारीले माईती नेपालले हिंसामा परेका महिलाहरुको उद्धार र आर्थिक आयआर्जनमा पु¥याएकोमा योगदानको प्रशंसा गर्नुभयो । उहाँले यस संस्थाले पीडामा रहेका महिलाहरुको आत्मबल बढाई संक्षम बनाउने काम गरेको बताउनुभयो । उहाँले हिंसामा परेका महिलाहरुलाई गाउँपालिका र आफ्नो व्यक्तिगत तर्फबाट पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
