आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना, यस्तो छ तीन दिनको मौसम

आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना, यस्तो  छ  तीन दिनको मौसम

काठमाडौं  : मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ । महाशाखाका अनुसार भारतको उत्तरपूर्वी राजस्थान तथा हरियानातिर निम्न चापीय प्रणाली अवस्थित रहेको छ ।

  आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै महाशाखाले केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै मेघ गर्जन र चट्याङ्गबाट बँच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

हाल देशका अधिकांश स्थानमा वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने महाशाखाले जनाएको छ । पूर्वी तथा मध्य पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार राति धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । पूर्वी, मध्य तथा पश्चिमी पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार दिउँसो धेरैजसो स्थानमा वदली रही पश्चिमी क्षेत्रका अधिकांश स्थान र पूर्वी र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । देशको पश्चिमी तथा पूर्वी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार राति देशका अधिकांस स्थानमा वदली रही केही स्थानमा वर्षा हुनेछ । पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै सोमबार दिउँसो धेरैजसो स्थानमा वदली रही पूर्वी क्षेत्रका अधिकांश स्थान तथा मध्य र पश्चीमी क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ भने पूर्वी तथा मध्य भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना । यस्तै महाशाखाले सोमबार राति अधिकांस स्थानमा वदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने तथा पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।