रबि लामिछानेबिरुद्ध किटानी जाहेरी

रबि लामिछानेबिरुद्ध  किटानी जाहेरी

चितवन :  माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछाने विरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ । पुडासैनीको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र नर्स अस्मिता कार्की बिरुद्ध किटानी जाहेरी दिएको हो । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिएकी हुन् ।