प्रहरीद्धारा श्रीमती हत्याका अभियुक्त सार्वजनिक

प्रहरीद्धारा श्रीमती हत्याका अभियुक्त सार्वजनिक

गोरखा : प्रहरीले गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा शनिबार राती श्रीमतीको हत्याका अभियुक्तलाई  सार्वजनिक गरेका छन् । स्थानिय २० बर्षीय याकुब परियारलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । परियारले आफ्नी १९ बर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।

हत्याका आरोपित याकुवलाई गएराती नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । ‘उनी मानसिक रोगको औषधी खादै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, ‘ घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।’