नेकपा चितवनले आफ्ना कार्यकर्तालाई रवि समर्थन कार्यक्रममा नजान निर्देशन

नेकपा चितवनले आफ्ना कार्यकर्तालाई रवि समर्थन कार्यक्रममा नजान निर्देशन

नेपाल कम्युनिस्ट पार्टी नेकपा चितवनले रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा सहभागी नहुन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

टेलिभिजन पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायलयको निर्णयलाई समेत प्रभाव पार्ने गरी भइरहेको हुलहुज्जत, अराजक गतिविधि तथा लगाइएका नाराहरु परिवर्तनविरोधी भएको भन्दै सो निर्देशन दिएको जनाएको छ। पार्टीले आज जारि गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताले लामो बलिदानीपूर्ण संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध नारा लगाउनु नेपाली जनताप्रतिको अपमान भएको पार्टीले उल्लेख गरेको छ । यसै घटनालाई लिएर पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीलाई बढवा दिने गरी भएको ‘धमिलो पानीमा माछा मार्ने’ चलखेल भएको विज्ञप्तिमा उल्लेख छ । पार्टीले यस्तो कार्य स्वीकार्य नहुने पनि जनाएको छ ।