इच्छाकामनामा स्वास्थकर्मीसहितको एम्बुलेन्स संचालन

इच्छाकामनामा  स्वास्थकर्मीसहितको एम्बुलेन्स संचालन

कुरिनटार, ८ भदौ । शसस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालिम शिक्षालय कुरिनटार चितवनले स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स संचालनमा ल्याएको छ। नेपाल एम्बुलेन्स सर्भिसको सहकार्यमा आकस्मिक सेवा तथा उद्धार प्रयोजनका लागि आईतबार देखि उक्त एम्बुलेन्स संचालनमा ल्याएको हो ।
उक्त एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मी साथमा रहने नेपाल एम्बुलेन्स सर्भिसका महासचिव तथा पूर्व प्रहरी नायव महानिरिक्षक शारदा भक्त रञ्जितले बताउनुभयो । एम्बुलेन्स भित्रै प्राथमिक उपचार गरिने भएकोले दुर्घटनाका घाइतेको बाटैमा मृत्यु हुने सम्भावना कम हुने उहाँले बताउनुभयो ।
नेपाल सरकारले तोकिएको मापदण्ड अनुसार भाडा लिने उहाँको भनाईछ । उहाँका अत्याधुनिक उपकरण ,अत्याधुनिक उपचार बिधि र आकस्मिक स्वास्थ्यकर्मी इएम्टीएस् साथमा उपलब्ध भएकोले गर्दा हस्पिटल पुग्नु भन्दा पहिला नै एम्बुलेन्स भित्र अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिन्छ । (एनएस) को लक्ष्य भनेको व्यक्तिगत बिरामीहरुका लागि आकस्मिक स्वास्थ्यकर्मी सहितको द्रूत एम्बुलेन्सहरु, उपचारको सुनिश्चितता गर्नका लागि पूर्ण सुविधा र आवश्यक अस्पतालहरु बिच समन्वय सेवा परिचालन गर्नु हो ।

उहाँले देशभर १० वटा एम्बुलेन्स संचालनमा ल्याएको जानकारी दिनुभयो । शसस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालिम शिक्षालय कुरिनटारका प्रमुख किसोर प्रधानले यस शिक्षालयमा ३ वटा एम्बुलेन्स संचालनमा आएको बताउनुभयो । आज शसस्त्र प्रहरी बलको एक वटा र नेपाल एम्बुलेन्स सर्भिस नेपालको एक गरि दुई वटा एम्बुलेन्स संचालनमा आएको हो ।

आज देखि शसस्त्र प्रहरी बलले संचालमा ल्याएको एम्बुलेन्स २२ जना क्षमताको रहेको उहाँले जानकारी दिनुभयो । यस अघि एउटा मात्र एम्बुलेन्स संचालनमा रहेका थिए ।
अब एम्बुलेन्स अभावकै कारण दुर्घटनाका घाईते मृत्यु नहुने बताउनुभयो । उहाँले भन्नुभयो अब एम्बुलेन्स अभावकै कारण दुर्घटनाका घाईतेको मृत्यु हुदैँन हामी संग तीन वटा एम्बुलेन्स रहेको छ । दुर्घटनाको सुचना ढिला आएको खण्डमा समयमै उद्धार गर्न नसके मात्र मृत्यु हुने सम्भावना रहेको उहाँको भनाईछ ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले सुविधाजनक एम्बुलेन्स संचालनका लागि यहाँ नै रोजाईमा पारेकोमा एम्बुलेन्स सभिृस नेपाललाई धन्याद दिनुभयो । यस क्षेत्रको हाईवेमा धेरै दुर्घटना हुने भएकोले यस्ता प्रकारको एम्बुलेन्स आवस्यक रहेको उहाँले बताउनुभयो । एम्बुलेन्स संचालनका लागि गाउँपालिकाबाट गर्न पर्ने जुनसुकै सहयोग गर्न तयार हेको प्रतिवद्ध्ता जनाउनुभयो ।

एम्बुलेन्सको सेवा २४ सैं घण्टा उपलब्ध हुने र एम्बुलेन्स सेवा लिनको लागि इमर्जेन्सी नं. १०२ वा सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन शिक्षालय कुरिनटारको सम्पर्क नं. ०५६–४१०००० मा फोन गर्न सकिनेछ ।