संचारकर्मी रवि लामिछाने विरुद्ध प्रेस काउन्सिलमा मुद्दा  दर्ता

संचारकर्मी रवि लामिछाने विरुद्ध प्रेस काउन्सिलमा मुद्दा  दर्ता

कुरिनटार : न्यूज-२४ का पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ ।  सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता गरेका हुन । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन ।

पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गरेका छन ।