आँबुखैरेनीमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम (फोटो फिचर)
आँबुखैरेनी : नेपाल महिला संघ आँबुखैरेनी कार्य समितीले बुधबार तिज मिलन शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम गरेको छ । हरितालिका तिजको अवसर पारेर समितीले आँबुखैरेनी–३, शिवालय मन्दिरको प्राङ्गणमा सो कार्यक्रम गरेको हो । समितीका सभापति एन्जिला कोईरालाको सभापतित्व तथा संघिय सांसद डिला संग्रौलाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा आँबुखैरेनी गाउँपालिका भित्रका ६ वटै वडाहरुबाट विभिन्न महिला समुहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद डिला संग्रौलाले सम्पूर्ण महिला दिदी बहीनीहरुलाई आउदै गरेको तिजको शुभकामना दिदै तिज पर्वलाई सभ्य र भव्य रुपले मनाउन सबै महिला दिदी बहीनीहरुलाई आग्रह गर्नुभएको छ । तडक भडक तरिकाले तिज मनाउदा तिजको महत्व घट्ने र समाजमा बिकृती फैलिने तर्फ संघिय सांसद संग्रौलाले सबैको ध्यानकर्षण गराउनुभएको छ ।
यस्तै, गण्डकी प्रदेशकी सांसद सरिता गुरुङ्गले अहिले महिला दिदी बहीनीहरु धेरै जागरुप हुनु पर्ने बेला आएको बताउनुभएको छ । तिज आउन १ महिना अगाडी दर खाने परम्परा बसिसकेकोले यसलाई न्यूनिकरण गर्दै, दर खाने रकमले सामाजिक कार्यमा खर्च गर्न सुझाव दिनुभएको छ । समितीकी उपाध्यक्ष तुलसीमाया पन्तले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय सदस्य तारा अधिकारी, जिल्ला सभापति पवित्रा अधिकारी, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पा देवी श्रेष्ठ, भानु नगरपालिकाकी उपाध्यक्ष आशा थापा लगाएतकाको उपस्थिती रहेको थियो । यस्तै, सो कार्यक्रममा नेपाल महिला संघ जिल्ला कार्य समिती तनहुँले बजारमा ल्याएको तिजको गित तथा अन्य तिज गितमा ६ वटैं वडाका महिला दिदी बहीनीहरुले छमछमी नाचेर तिज मिलन शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम भव्य रुपले सम्पन्न गरेको नेपाल महिला संघ आँबुखैरेनी कार्य समितीकी सचिव मिलन भुजेलले जानकारी दिनुभएको छ ।
तस्बीर : राम बहादुर धामी
