तनहुँ जिल्ला लिगको उपाधी भिमाद युथ क्लबलाई

तनहुँ जिल्ला लिगको उपाधी भिमाद युथ क्लबलाई

राम बहादुर धामी

आँबुखैरेनी :  भिमाद युथ क्लब भिमाद, तनहुँ जिल्ला लिग–२०७६ को बिजेता बनेको छ । गोरखकाली रबर उद्योगको खेल मैदानमा आज भएको फाईनल खेलमा हैरान्स क्लब दमौलीलाई १–० गोल अन्तरले पराजित गर्दे भिमाद युथ क्लब भिमाद तनहुँ जिल्ला लिग–२०७६ को बिजेता बन्न सफल भएको आयोजक एन्फा तनहुँले जनाएको छ ।

लिगमा भिमाद युवा क्लबका जर्सी नं.२७ का बिनोद घिमिरे हाई स्कोर, हैरान्स क्लबका जर्सी नं.१५ का समिन थापा बेस्ट प्लेएर र भिमाद युथ क्लबका धिरज सुनार बेस्ट गोलकिपर बन्न सफल भएका छन् । अब प्रदेश लिगमा भिमाद युथ क्लबले जिल्लाको प्रतिनिधित्व गर्दै खेल खेल्नेछ । पुरस्कार वितरण कार्यक्रम एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठको सभापतित्व तथा एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाको प्रमुख आथित्यतामा भएको थियो ।