एक अर्कालाई गाली गरेर देश समृद्धि हुदैन :सभापती पोखरेल

एक अर्कालाई गाली गरेर देश  समृद्धि हुदैन  :सभापती पोखरेल

कुरिनटार, १६ भदौ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितीका अध्यक्ष कृष्णभक्त पोखरेलले छो रीलाई अंश र वशंको दुबै अधिकार भएको बताउनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिकाद्वारा आयोजित तीज गीत प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दैल सो कुरा बताउनुभएको हो ।
चितवन क्षेत्र नम्बर २ का निर्वाचित संघिय सांंसद समेत रहेका  सभापती पोखरेलले भन्नुभया,“ छोराले मात्र पालनपोषण गर्ने होइन छोरीलाई पनि  वंशको अधिकार छ अंशको मात्र होईन, छोरीले पनि  काजक्रिया गरेर हवाई जहाज चढाएर स्वर्ग पु¥याउँछ ढुक्क हुनुहोस, कसले स्वर्ग देखेको छ र ?”


छोरा छोरी सबै हिसावले समान भनेर संविधानमा लेखिएपनि व्यावहारमा आउन कठिनाई भएको बताउनुभयो । उहाँले अब बलात्कारी र हत्यारालाई आजिवन जेल सजाय हुने कानुन निर्माण गरेको बताउनुभयो । सभापती पोखरेलले संस्कृतिलाई जोगाई राख्न सबै एक जुट हुनुपर्ने बताउनुभयो ।


साथै सभापती पोखरेलले समृद्धिको यात्रा निर्माणका लागि कम्युनिष्ट कांग्रेस एक जुट भएर लाग्नु पर्ने  बताउनुभयो । उहाँले भन्नुभयो, “जसरी देशमा गणतन्त्र , संघियता ल्याउन र राजाको अधिकार जनता सामु ल्याउन कांग्रेस कम्यूनिष्ट एक जुट भएका थिए, त्यसै गरि देशको समृद्धिका लागि पनि एक जुट हुन आवस्यक छ , अब एक अर्कालाई गाली गरेर मुलुक समृद्ध बन्दैन । ” सभापती पोखरेलले कुनै पनि अन्य विपक्षी दललाई आफुले गाली नगर्ने बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले सबै जातजाती भाषाभाषी समुदायहरुबीच भेला भई सुखदुख साट्नका लागि तीज विशेष कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस कार्यक्रमबाट धर्म र संस्कृतिको जगेर्ना संगै सबैलाई भावनात्मक एकतामा बाध्ने विश्वास व्यक्त गर्नुभयो ।
समृद्धि इच्छाकामना निर्माणका लागि सबै एकजुट हुनुपर्ने अध्यक्ष गुरुङको भनाई छ । कार्यक्रममा प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठ लगायतको आतिथ्य रहेका थिए ।
तीज गति प्रतियोगितामा २१ टिम सहभागी रहेका छन् । कार्यक्रममा अन्य कलाकारहरुको प्रश्तुती रहेका थिए ।