इच्छाकामनामा पनि फैलियो डेंगुको प्रकोप, चितवनमा डेंगु र स्क्रबटाइफसका कारण चारजनाको मृत्यु

इच्छाकामनामा पनि फैलियो डेंगुको प्रकोप, चितवनमा  डेंगु र स्क्रबटाइफसका कारण चारजनाको मृत्यु

इच्छाकामना गाउँपालिकामा पनि लामखुट्टेको टोकाइ बाट हुने डेंगुको प्रकोप फैलिएको छ।

गाउँपालिकाको वडानम्बर ३ चुम्लिङटारस्थित मासु पसलमा काम गर्ने एकजना लाई करिव एक महिना अगाडि देखा परेको डेंगु अहिले सोही स्थान कै ५ जनामा देखा परेको छ। इच्छाकामना गाउँ पालिका स्वास्थ साखाका धन कुमार खड्काले इच्छाकामनाका चुम्लिङटार र मुग्लिङ गरि ७ जनामा डेंगु देखिको जानकारी आएको बताउनु भएको छ। खड्काले सोही विषयमा अहिले छलफल चली रहेको र अब कसरी डेंगु बिरुद्द बढ्ने भन्ने बारे निर्णय लिने बताउनु भयो। डेंगु देखिएका हरु अहिले भरतपुरमा उपचार गराइ रहेका छन भने अन्य  ज्वरो आएका हरुलाई माइकिङ मार्फत भरतपुर जान आग्रह गरिने तयारी गाउँपालिकाको रहेको बुझिएको छ।

 अबिले सम्म डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको कारण मृत्यु भएको हो । रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिनुभयो ।

दुवै रोगको सङ्क्रमण बढ्दो छ । जिल्लाका अस्पतालमा साउनयता एक हजार ९०८ जनाको डेङ्गु परीक्षण गर्दा ६२३ जनामा सङ्क्रमण देखिएको केसीले बताउनुभयो । जसमध्ये ४५५ जना चितवनका रहेका छन् । यसमध्ये पनि ४१४ जना भरतपुर महानगरपालिकाका रहेको उहांँको भनाइ थियो ।

महानगरमा सङ्क्रमण बढ्दै गएपछि सचेतनाका कार्यक्रमलाई तीव्र पारिएको छ । जसअन्तर्गत गत शनिबार सचेतना ¥याली निकालिएको थियो । दैनिक माइकिङ गर्ने, लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने जस्ता कार्य वडा तहसम्म भइरहेको महानगरले जनाएको छ । केसीका अनुसार स्क्रबटाइफसका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । सङ्क्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन् ।